Market Closed

सिभिल बैंकको १७ लाख ५३ हजार कित्ता सेयर लिलामी भर्न बिहीबारसम्म समय

21 May,2019
  • auction_img_5_21_2019_10_49_15.png
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैंकको संस्थापक समूहको १७ लाख ५३ हजार ५९४ कित्ता सेयर लिलामी भर्ने जेठ ९ गते बिहीबार अन्तिम दिन हो । सिभिलले गत वैशाख २६ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् । 
 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य बढाबढका आधारमा गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 
 

Post Your Comment