Market Closed

सिभिल बैंकले खातामै पठायो ४.०५% नगद, बोनस वितरण कहिले ?

22 May,2019
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंक लिमिटेड ४.०५% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले वैशाख ९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश खातामै पठाइदिएको हो । वैशाख ९ गतेपछि डिम्याट गराएका लगानीकर्ताको नगद पनि क्रमशः खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ ।
 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
 
सिभिलको गत बैशाख २७ गते सम्पन्न साधारण सभाले २०७३/७४को नाफाबाट १०.२५% बोनस सेयर र २०७४/७४ को नाफाबाट ४.०५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने नेप्सेमा सूचीकरण भएपछि मात्र सेयरधनीको डिम्याट खातामा पठाइने बैंकले जनाएको छ ।

Post Your Comment