Market Closed

सिभिल बैंक एघारौं वर्षमा प्रवेश

25 Nov,2020
  • 1_11_25_2020_6_56_57.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंकले दशौं वार्षिकोत्सव मनाएको छ । वि.सं २०६७ मंसिर १० गतेदेखि कारोबार सञ्चालन गर्दै आएको यो बैंक बुधबार (मंसिर १० गते) १० वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ । बैंकले बुधबार बिहान ११ बजे भर्चुअल माध्यबाट वार्षिकोत्सव कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकको १० वर्षे यात्रामा साथ दिने सम्पूर्णमा कृतज्ञता प्रकट गरेका छन् । साथै, बैंकले विगत १० वर्षमा हासिल गरेका उपलब्धीहरु पनि प्रस्तुत गरेका छन् ।


 
यता, वार्षिकोत्सवको अवसरमा सिभिलले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु पनि अघि बढाएको छ । ‘म एक जिम्मेवार सिभिलियन’ भन्ने नयाँ नारासहित विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने प्लाज्मा दान गर्न कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुले प्रतिवद्दता प्रकट गरेका छन् ।


 
यस्तै, बैंकले ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरी कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन गराउने भएको छ । साथै, काठमाडौंको मातातिर्थमा रहेको मातातिर्थ बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल बृद्धाश्रमका अध्यक्ष हरी खड्कालाई हस्तान्तरण गरेको छ ।
 

Post Your Comment