Market Closed

नेप्सेमा १ करोड ८० लाख कित्ता बोनस र हकप्रद सूचीकृत, कसको कति ?

21 Feb,2019
  • Listing_2_21_2019_4_16_51.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार १ करोड ८० लाख ७१ हजार ८६७.३ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएका छन् । चिलिमे हाइड्रोपावर र एनआइसी एसिया बैंकले बोनस तथा सेन्चुरी बैंक र किसान माइक्रोफाइनान्सले हकप्रद सेयर सूचीकृत गराएका छन् ।
 
चिलिमेको ७९ लाख ३० हजार २२६.३० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसको पुस २७ गतेको एजीएमबाट पारित २०% बोनस सेयर सूचीकृत भएको हो । यस्तै, एनआइसी एसियाले ८० लाख ३१ हजार ११७ हजार कित्ता बोनस सूचीकृत गराएको छ ।
 
यता, किसान माइक्रोफाइनान्सले पनि ५०% हकप्रद सूचीकृत गराएको छ । यसको २ लाख ४० हजार २५० कित्ता सेयर सूचीकृत भएको हो । सेन्चुरी बैंकले पनि १८ लाख ७० हजार २२४ कित्ता हकप्रद सूचीकृत गराएको छ ।

Post Your Comment