Market Closed

अझै ८४ कम्पनीको लाभांश घोषणा हुन बाँकी

13 Dec,2019
  • Dividend-Paying_12_15_2019_10_42_42.png
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्ष सुरु भएको ५ महिना सकिन लागेको छ । यसैबीच सूचीकृत कम्पनीमा लभांश प्रस्ताव, बुक क्लोज, साधारण सभाको मिति तय लगायतको चहलपहल भइरहेको छ । नियामकिय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रमा वार्षिक साधारण सभा गरि सक्नु पर्नेछ । 

तर, अझै धेरै सूचीकृत कम्पनीहरुको लाभांश प्रस्ताव र सभाको मिति तय हुन बाँकी छ । सूचीकृत ८४ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न बाँकी रहेको छ । होटल समूहका कम्पनीहरुले लगानीकर्तालाई लाभांश प्रस्ताव गरिसकेका छन् । यसैबीच हालसम्म पनि लाभांश प्रस्ताव नगर्ने कम्पनीहरुले अब लाभांश प्रस्ताव गर्दैनन् की भन्ने आशंका लगानीकर्तालाई हुन थालेको छ । प्रतिफको आशमा लगानीकर्ताले कम्पनीको सेयरमा लगानी गर्ने गर्दछन् । समायमा प्रतिफल दिने कम्पनीहरु लगानीकर्ताको आँखामा पर्ने गर्दछन् । प्रतिफल नदिने कम्पनीहरुलाई खासै राम्रो मानिदैन । हेरौं, कुन समूहका कुन–कुन कम्पनीले अहिलेसम्म लाभांश प्रस्ताव गरेका छैनन् ।  

२ वाणिज्य बैंकको नाफा घोषणा हुन बाँकी 

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २५ वटाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा मर्जरमा गएपछि वाणिज्य सूचीकृत वाणिज्य बैंकको संख्या २६ पुगेको छ । यद्दपि, ग्लोबल र जनता दुवैले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरिसकेका छन् । लाभांश प्रस्ताव नगर्नेमा एनसीसी बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् ।
 
१२ विकास बैंकको लाभांश प्रस्ताव हुन बाँकी

सूचीकृत १२ विकास बैंकले लगानीकर्तालाई अझै लाभांश प्रस्ताव गरेका छैनन् । तुलनात्मक रुपमा वित्तीय सूचकहरु मजबुत भएका बैंकहरुले पनि हालसम्म लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छैनन् । जसका कारण लगानीकर्तामा बैंकप्रति आशंका उब्जिएको छ । 
 
१० फाइनान्स कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी

चालु आर्थिक वर्ष सुरु भएको ५ महिना सकिन लाग्दा १० फाइनान्स कम्पनीहरुले अझै लाभांश प्रस्ताव गरेका छैनन् । 

६ लघुवित्त कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी

नेप्सेमा सूचीकृत ६ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाशांश घोषणा गरेका छैनन् । लाभांश प्रस्ताव नगर्नेमा भखर्रै सञ्चालनमा आएको नयाँ कम्पनी सहित वित्तीय सूचक मुजबुत रहेका कम्पनी पनि छन् । 

२५ जलविद्युत् कम्पनीको लाभांश घोषणा हुन बाँकी

नेप्सेमा सूचीकृत ३२ कम्पनीमध्ये अझै २५ कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ ।



 
२१ बिमा कम्पनीको लाभांश घोषणा हुन बाँकी 

जीवन र निर्जीवन दुवै समूहका २२ बिमा कम्पनी मध्ये २१ बिमा कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छैनन् ।  लाभांश घोषण प्रभु इन्सुरेन्सले मात्रै गरेको छ । बिमा समितिको निर्देशन अनुसार नेपाल वित्तीय प्रतिवेदमान (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण समयमै तयार पार्न नसक्दा बिमा कम्पनीहरुको लाभांश घोषणामा थप समय लागेको बताइन्छ । यद्दपी गत वर्षदेखि नै समितिले एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । 

उत्पादनमूलक समूहका ३ कम्पनीको पनि लाभांश प्रस्ताव हुन बाँकी

सूचीकृत उत्पादनमूलक समूहको ३ कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी रहेको छ । 
ट्रेडिङ समूहको २ को लाभांश प्रस्ताव हुन बाँकी 

ट्रेडिङ समूह अन्तर्गतका २ कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी रहेको छ । 
 


अन्य समूहका ३ कम्पनीको लाभांश प्रस्ताव हुन बाँकी

नेप्सेमा सूचीकृत ३ कम्पनीको लभांश प्रस्ताव हुन बाँकी रहेको छ । लाभांश प्रस्ताव हुन बाँकी ३ वटै कम्पनी दोस्रो बजारका प्रभावशाली कम्पनी मानिन्छन् । 
 

 

Post Your Comment