Market Closed

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकरण

27 Aug,2019
  • listings_template_8_27_2019_6_10_42.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंक र उन्नति माइक्रोफाइनान्सले पनि बोनस सेयर सूचीकरण गराएका छन् । मंगलबार सेन्चुरीको २% बोनस सेयर सूचीकृत भएको हो । यसको कुल १६ लाख ५० हजार ९२.४७ कित्ता सेयर नेप्सेमा थपिएको हो ।
 
यता, उन्नति माइक्रोफाइनान्सले पनि माघ २६ गतेको वार्षिक साधारण सभाबाट पारित ४०.५०% बोनस सेयर सूचीकृत गराएको छ । कम्पनीले कुल २ लाख २२ हजार ७५० कित्ता सेयर सूचीकृत गराएको हो । यता, नेपाल लाइफले पनि मंगलबार नै २५% बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ । 

नेपाल लाइफको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

 

Post Your Comment