Market Closed

सेन्चुरी बैंकको २% बोनस र ग्रामीण विकासको ५०% हकप्रदमा मूल्य समायोजन

15 Apr,2019
  • Price_adjustment_4_15_2019_11_26_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सेन्चुरी बैंकको २% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि सोमबार यसको सेयर कारोबार प्रतिकित्ता १६६ रुपैयाँ ६७ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य २१४ रुपैयाँ ८३ पैसा छ । 
 
सेन्चुरी बैंकले वैशाख १२ गते वार्षिक साधारण सभा गर्न शुक्रबार (चैत २९ गते) देखि बुक क्लोज गरेको हो । बैंकले हाल कायम रहेको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँको २% बोनस सेयर र ४.५% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्रमा सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
 
यस्तै, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रदमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि सोमबार यसको सेयर कारोबार प्रतिकित्ता ३३३ रुपैयाँ ६७ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य २१५ रुपैयाँ ५५ पैसा छ ।
 
ग्रामीणले ५०% हकप्रद सेयर बिक्री गर्न चैत २९ गते बुक क्लोज गरेको हो । चैत २८ गतेसम्म कायम रहने सेयरधनीले यो हकप्रद भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

Post Your Comment