Market Closed

सेन्चुरीको ६.५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

09 Apr,2019
  • Century-commercial-bank-Ltd_8_15_2018_11_57_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्चुरी बैंकको ६.५% लाभांश पाउन चैत २८ गते बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ । सेन्चुरीले लगानीकर्तालाई २% बोनस सेयर र ४.५% नगद लाभांश दिंदैछ । यो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा गर्नेछ । सभा प्रयोजनका लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज हुनेछ ।

यसर्थ चैत २८ गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित नगद तथा बोनस लाभांश पाउनेछन् । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । 
 
बैंकले हाल कायम ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पुँजीबाट २% बोनस सेयर र ४.५% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, बैंकको प्रबन्धपत्रमा सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने व्यवस्था थप्ने प्रस्ताव पनि हुनेछ ।
 
सेन्चुरीले साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहका ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिसन प्रक्रिया अघि बढाउन वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखेको छ ।
 

Post Your Comment