Market Closed

सेन्चुरी बैंकको ६.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

11 Apr,2019
  • Century-commercial-bank-Ltd_8_15_2018_11_57_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्चुरी बैंकको ६.५% लाभांश पाउन सेयरधनी बन्ने बिहीबार (चैत २८ गते) अन्तिम दिन हो । सेन्चुरीले वैशाख १२ गते साधारण सभा गरी लगानीकर्तालाई २% बोनस सेयर र ४.५% नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । यसका लागि शुक्रबार (चैत २९ गते) देखि बुक क्लोज हुने भएकाले लाभांश सुरक्षित गर्न बिहीबारसम्म सेयरधनी कायम रहेको हुनुपर्नेछ ।
 
साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । बैंकले हाल कायम ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पुँजीबाट २% बोनस सेयर र ४.५% नगद लाभांश दिन लागेको हो । यस्तै, बैंकको प्रबन्धपत्रमा सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने व्यवस्था थप्ने प्रस्ताव पनि हुनेछ ।
 
सेन्चुरीले साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहका ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिसन प्रक्रिया अघि बढाउन वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखेको छ ।

Post Your Comment