Market Closed

सेन्चुरी बैंकले बिहीबार बोलायो एजीएम, ब्रोकरको काम गर्ने, मर्जमा जान पनि तयार

23 Apr,2019
  • agm_new_4_23_2019_10_13_25.png
नेपाली पैसा 
 
 काठमाडौं : सेन्चुरी बैंकले वैशाख बिहीबार (वैशाख १२ गते) वार्षिक साधारण सभा डाकेको छ । बैंकले हाल कायम रहेको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँको २% बोनस सेयर र ४.५% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । प्रबन्धपत्रमा सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने व्यवस्था थप्ने प्रस्ताव पनि हुनेछ ।
 
सेन्चुरीले साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहका ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रिया वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
 
साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा हुनेछ । सभा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गरेको छ । चैत २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित नगद तथा बोनस लाभांश पाउनेछन् ।

सेन्चुरी बैंकको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 
 

Post Your Comment