Market Closed

सेन्चुरी बैंकको नाफा ३५.३३% ले बढ्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा

15 Nov,2019
  • Century-commercial-bank-Ltd_8_15_2019_10_06_18_11_15_2019_12_53_37.jpg
नेपाली पैसा 

काठमाडौं : सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको भन्दा ३५.३३% ले धेरै हो । गत वर्ष बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा मात्र कमाएको थियो । 
 
असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख ९९ हजार रुपैयाँ छ । यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ११.४७% र ३३.१९% ले बढेको छ । बैंकको निक्षेप संकलन भने १.७९% ले घट्दा कर्जा लगानी १.७४% ले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ छ । 
सेन्चुरीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ०४ पैसाले बढेर (बार्षिक) १७ रुपैयाँ ६३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ २९ पैसा छ ।


 

Post Your Comment