Market Closed

सेन्चुरी बैंकका संस्थापकहरुले सेयर बिक्री गर्दै

29 Nov,2019
  • Century-commercial-bank-Ltd_8_15_2019_10_06_18_11_15_2019_12_53_37.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्चुरी कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएका छन् । ती संस्थापकहरुले बिक्री गर्न लागिएको सेयर संख्या र बिक्री मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकको भनाई छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड ८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३९ पैसा छ ।
 

Post Your Comment