Market Closed

सूचीकृत कम्पनीहरुको साधारण सभा धमाधम स्थगित

24 Mar,2020
  • agm_3_24_2020_8_12_24.jpg
नेपाली पैसा
 
काठमाडौं : कोभिड १९ (कोरोना भाइरस) को कारण विश्व आतकिंत बनेको छ । यसैबीच, अधिकांश मुलुकका दौनिक कामकाज समेत नियमित हुन सकेको छैन । यसबाट नेपाल पनि मुक्त हुन सकेको छैन । संक्रमण रोक्न भन्दै सरकारले साताव्यापी लक डाउन घोषणा गरेको छ । यससँगै अन्य कामहरुका अतिरिक्त सूचीकृत कम्पनीहरुको वार्षिक साधारण सभा तथा विशेष साधारण सभाहरु स्थगित भएका छन् । केही कम्पनीको आइपीओ तथा म्युअल फन्डहरुको इकाई बिक्री कार्यक्रम रोकिएको छ । यो क्रम केही दिन अझै बढ्ने देखिएको छ । 
 
अहिलेसम्म प्राप्त जानकारी अनुसार कोरोना भाइरसका कारण ७ कम्पनीहरुले गर्न लागेको वार्षिक तथा विषेश सभा स्थगित भएको सार्वजनिक सूचना जारी गरिसकेका छन् । यस्ता सूचना आउने क्रम अझै जारी छ । सभा स्थगित गर्नेमा २ वाणिज्य बैंक, १ विकास बैंक, १ इन्सुरेन्स, १ लघुवित्त र २ जलविद्युत् कम्पनी रहेका छन् । यी कम्पनी फागुनको अन्तिम सातादेखि चैत दोस्रो सातासम्म सभाको मिति तय गरेका थिए ।



यद्दपि, सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गर्न विशेष साधारण सभा बोलाएको थियो । सहयागीले पनि वार्षिक साधारण सभा नै स्थगित गरेको हो । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रमा वार्षिक साधारण सभा गरिसक्नु पर्नेछ । तर, सिटिजन्स बाहेकका अन्य कम्पनीले नियामकीय प्रावधान भन्दा पनि २ महिनापछि वार्षिक साधारण सभा डाकेका हुन् । त्यो पनि कोरोनाको कारणले अब थप पछि धकलिएको छ । 

 

Post Your Comment