Market Closed

एनएमबि बैंकको बोनससहित १ करोड ३३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

14 Nov,2018
  • Listing_11_14_2018_4_13_07.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार १ करोड ३३ लाख १ हजार २२१.६३ कित्ता सेयर सूचीकरण भएको छ । एनएमबि बैंक र श्री इन्भेष्टमेन्टको बोनस सेयर तथा सेन्ट्रल फइनान्सको हकप्रद सेयर सूचीकृत भएका हुन् । एनएमबि बैंकले १ करोड १४ लाख ४ हजार ९३५.९५ कित्ता बोनस सेयर सूचीकरण गराएको छ ।
 
एमएमबिले गत साउन २१ गते वार्षिक साधारण सभा गरेर १५% बोनस सेयर दिएको थियो । यस्तै, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले पनि गत असार २२ मा पारित २६.५७% बोनस सेयर सूचीकरण गराएको छ । यसको कुल १६ लाख ७९ हजार ७८५.६८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । कम्पनीले अहिले फेरि १.२३% बोनस सेयर र ८.७७% नगद लाभांश दिने घोषणा गरेको छ ।
 
यता, सेन्ट्रल फाइनान्सको भने २ लाख १६ हजार ५०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यसले मंसिर १ गते वार्षिक साधारण सभा गरी ८.७६% बोनस सेयर दिने तयारी गरिरहेको छ ।
 

Post Your Comment