सेन्ट्रल फाइनान्सको १० लाख ८५ हजार कित्ता सेयर वैशाख २० देखि लिलामीमा

26 Apr,2018
  • Central-finance-company-Ltd_4_26_2018_2_08_00.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले संस्थापक तथा सर्वसाधारण समूहको १० लाख ८५ हजार ९३९.०७५ कित्ता सेयर वैशाख २० गतेदेखि लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०.३५ कित्ता सेयर लिलामी गर्न लागेको हो ।
 
लिलामीमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै समूहको सेयरका लागि न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहको सेयरमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट तथा यसका लादरबार काठमाडौं, चिप्लेढंगा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट आवेदन दिन सकिनेछ । यसगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

Post Your Comment