Market Closed

सेन्ट्रलको सोमबारदेखि ९ लाख ८१ हजार कित्ता लिलामी खुल्दै, सर्वसाधारणलाई पनि अधिकार

25 May,2018
  • Central-finance-company-_5_25_2018_4_13_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्ट्रल फाइनान्सले सोमबारदेखि (जेठ १४ गते) ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर लिलामी खुला गर्ने भएको छ । सेन्ट्रलले दोहोर्याएर सेयर लिलामी गर्न लागेको हो । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर त्यसबेला कोही पनि संस्थापकबाट आवेदन नपरेपछि अब सर्वसाधारणले पनि भर्न पाउने गरी फेरि लिलामी गर्न लागिएको हो ।
 
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
लिलामीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यलय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।  

Post Your Comment