नेपाली पैसा
काठमाडौं : सेन्ट्रल फाइनान्सले २४औं वार्षिक साधारण सभा माघ २३ गते बोलाएको छ । सभा सेन्ट्रल फाइनान्स कुपण्डोल ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश हुँदैछ ।
आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि सेन्ट्रलले माघ १२ गतेबाट २३ गतेसम्म बुक क्लोज गर्दैछ । माघ ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।