Market Closed

नेप्सेमा ९५ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकरण

23 Feb,2020
  • share_listing_2_23_2020_5_21_03.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल  स्टक एक्सचेन्जमा २ कम्पनीको ९५ लाख ७५ हजार २७१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै चिलिमे जलविद्युत कम्पनीको ९५ लाख १६ हजार २७१.५६ कित्ता बोनस सूचीकृत गरिएको हो । यस कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 
यस्तै, गुराँस लघुवित्त वित्तिय सस्ंथाको ५९ हजार कित्ता बोेनस सेयर पनि नेप्सेमा सूचीकृत भएकोे छ । यो कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७.६१% बोनस सेयर वितरण गरको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।

Post Your Comment