Market Closed

चिलिमे हाइड्रोपावर कं. लि. : कम्पनी विश्लेषण (सोमवार, २९ चैत २०७२)

11 Apr,2016
  • chilime12_4_11_2016_4_54_46.jpg

कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ दशमलव ३४ प्रतिशत बढेको छ । विद्युत् विक्रीबाट भएको आम्दानी ८ दशमलव ९५ प्रतिशत बढेको छ भने खुद सञ्चालन नाफा ५ दशमलव ९६ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (५० दशमलव ९६ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १० दशमलव ४७ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।


 
मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने मूल्य रेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ३ सय १३ मा टेवा र मूल्य महँगिएमा रू. १ हजार ३ सय ३३ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- खुद नाफा ५ दशमलव ३४ प्रतिशत बढेर रू. ५६ करोड १७ लाख पुगेको छ । विद्युत् विक्री आय ८ दशमलव ९५ प्रतिशत र खुद सञ्चालन नाफा ५ दशमलव ९६ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- गत आवमा चुक्तापूँजीको तुलनामा खुद नाफा १९ दशमलव ५६ प्रतिशत रहेको थियो । तर, चालू आवमा योे अनुपात घटेर १७ दशमलव ९२ प्रतिशतमा सीमित भएकोे छ ।

- जगेडा कोष ३ दशमलव ४८ प्रतिशत बढेर ४ अर्ब ३४ करोड र लगानी १८ दशमलव १३ प्रतिशत बढेर रू. ४ अर्ब १३ करोड पुगेको छ ।

- कम्पनीको खुद चालू सम्पत्ति ५ दशमलव ५७ प्रतिशत बढेर २ अर्ब २३ करोड र खुद चालू दायित्व ५ दशमलव ५७ प्रतिशत बढेर २ अर्ब २३ करोड पुगेको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो ३८ गुणा र प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९२ छ । हालको शेयर मूल्य नेटवर्थको ५ गुणा रहेको छ ।

Post Your Comment