Market Closed

चिलिमे हाइड्रोपावरको २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस अनि १० प्रतिशत नै नगद

15 Dec,2016
  • chcl_12_15_2016_11_51_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले २० प्रतिशत लाभांश दिने भएको छ । 
 
कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिन लागेको हो । चिलिमे सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
 
कम्पनीको निर्णय आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । चिलिमेको सेयर पुँजी तीन अर्ब १३ करोड ४४ लाख ७७ हजार रूपैयाँ छ । 
 
कम्पनीको रिजर्भमा चार अर्ब ६३ करोड रूपैयाँभन्दा बढी पैसा छ । चिलिमेले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड रूपैयाँभन्दा बढी नाफा कमाएको छ । 
 

Post Your Comment