Market Closed

चिलिमे विस्तारै बढ्दैछ अघि, खुद नाफा २.५९% बढ्दा रिजर्भ र प्रतिसेयर आम्दानीलाई हेरौं यसरी

12 Nov,2017
  • chilime-hydropower-company-ltd_11_12_2017_10_40_00.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ९१ लख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.५९% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष चिलिमेको खुद नाफा ३० करोड १३ लाख ३७ हजार रुपैयाँ थियो । चिलिमेले ३६ करोड ९५ लाख ६२ हजार रुपैयाँको विद्युत विक्री गरेको छ । गत वर्ष विद्युत बिक्रीबाट कम्पनीको आम्दानी ३६ करोड ३१ लाख २८ हजार रुपैयाँ थियो । कम्पनीको सञ्चालन नाफा ४९ लाख ५६ हजार रुपैयाँले धेरै भएर ३१ करोड ५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि ५ अर्ब २१ करोड ५३ लाख ५७ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष चिलिमेको सेयर पुँजी ३ अर्ब १३ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो भने रिजर्भ कोषमा ४ अर्ब ६३ करोड ९० लाख ९७ हजार रुपैयाँ थियो । कम्पनीले शुक्रबार साधारण सभा गरी १५% बोनस र १०% नगद लाभांश पनि पारित गरेको छ । यसको प्रतिसेयर आाम्दानी ३५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ५९ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ थियो ।

Post Your Comment