Market Closed

चिलिमेको खुद नाफा ४.२८% ले घट्यो, रिजर्भ कोषमा ४ अर्ब ५६ करोड

11 Feb,2018
  • chilime-hydropower-company-ltd_2_11_2018_10_23_18.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यसपालि नाफा ४.२८% ले घटेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको कर पछिको खुद नाफा ५२ करोड ४६ लाख ९६ हजार रुपैयाँमा झरेको छ । गत वर्ष खुद नाफा ५४ करोड ८१ लाख ८३ हजार रुपैयाँ थियो । चिलिमेको विद्युत बिक्रीबाट आम्दानी पनि ३.३७% घटेर ६३ करोड २१ लाख ८० हजार रुपैयाँमा आएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ६५ करोड ४२ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो । चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा सेयर पुँजी १५% ले बढेको हो । यसको रिजर्भ कोषमा ४ अर्ब ५६ करोड ८९ लाख २९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ २३ पैसा रहेको छ । 

http://www.nepalipaisa.com/documentviewer.aspx/CHCL/Chilime-Hydropower-Company-Limited/file/chilime_hydropower_co.ltd,_2nd_qtr_watermark_2_11_2018_10_52_39_AM.pdf

Post Your Comment