Market Closed

छ्याङ्दी हाइड्रोपावरको आइपीओमा नपरेको पैसा फिर्ता, यी हुन् खातामै पैसा आउने १७ वटा बैंक

05 Jul,2017
  • IPO_7_5_2017_12_23_25.jpg
नेपाली पैसा
 
काठमाडौंः छ्याङ्दी हाइड्रोपावरले आइपीओ बाँडफाँटमा नपरेको पैसा आज (बुधबार) देखि फिर्ता दिन थालेको छ । छ्याङ्दीले उपत्यका भित्रका संकलन केन्द्रमार्फत आवेदन दिएका लगानीकर्तालाई १७ वटा बैंक मार्फत खातामै पैसा फिर्ता गर्ने जनाएको छ । १७ वटा बैंक बाहेक अन्यमा खाता भएका लगानीकर्ताले भने आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट बाँडफाँट पत्र र रकम फिर्ता भुक्तानी पुर्जा लिन सक्नेछन् । यसैगरी, उपत्यका बाहिरका आवेदकले पनि आवेदन बुझाएको संकलन केन्द्रबाट पैसा फिर्ता पाउनेछन् । सेयर नपरेको पैसा फिर्ता लिन जाँदा फारम बुझाउँदा लिएको अर्धकट्टी  र नागरिकताको प्रतिलिपि लिएर जानुपर्नेछ ।
 
छ्याङ्दीले ५ लाख ४० हजार कित्ता आइपीओ गत शनिबार बाँडफाँट गरेको हो । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका थिए। छ्याङ्दीको आइपीओमा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका थिए । यो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो ।

 

Post Your Comment