छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कति रुपैयाँमा सुरु हुँदै पहिलो कारोबार ?

03 Aug,2017
  • open_8_3_2017_11_12_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : छ्याङदी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला भएको छ । छ्याङदीले ९८ रुपैयाँदेखि २९४ रुपैयाँसम्मको ओपन रेन्ज पाएको छ । यसआधारमा बिहीबार छ्याङदीको कारोबार न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम २९४ रुपैयाँसम्ममा खुला भएको छ । दोस्रो बजारमा कारोबारका लागि छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर गत बुधबार नेप्सेमा सूचीकृत गरिएको थियो । कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट असार १७ गते भएको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३४ कित्तासम्म सेयर पाएका थिए । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।
 
 

Post Your Comment