Market Closed

छिमेक लघुवित्तको बम्पर लाभांश, अघिल्लो वर्ष भन्दा धेरै

11 Sep,2019
  • dividend_9_11_2019_11_03_35.jpg
नेपाली पैसा
 
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले ४४.३३५४% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.११८६% बोनस र १७.२१६८% नगद गरी कुल ४४.३३५४% लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २० करोड ३१ लाख ५७ हजार ८९४ रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । अघिल्लो वर्ष छिमेकले १८% बोनस सेयर र  २२% नगद गरी कुल ४०% लाभांश दिएको थियो । हाल छिमेक लघुवित्तको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ ।

अहिले घोषणा गरेको बोनस सेयरपछि पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९२ करोड ७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा छ ।  




Post Your Comment