Market Closed

नेप्सेमा २ कम्पनीको ४० लाख ९९ हजार कित्ता बोनस सेयर सूचीकरण, कुनको कति ?

29 Jan,2019
  • listings_template_1_29_2019_5_10_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा मंगलबार २ कम्पनीको ४० लाख ९९ हजार ३२६.६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७.९६ कित्ता बोनस सेयर रहेको छ । महालक्ष्मीले गत वर्षको नाफाबाट दिएको ८% बोनस सेयर नेप्सेमा सूचीकरण गराएको हो ।

बैंकको गत असोज २६ गते सम्पन्न साधारण सभाले ८% बोनस सेयर र ७% नगद गरी कुल १५% लाभांश दिने प्रस्ताव पारित गरेको थियो । त्यसैगरी, नागरिक लगानी कोषको पनि १९ लाख ९२ हजार २८९.६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

कोषले गत वर्षको नाफाबाट वितरण गरेको २२.०६% बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो । नागरिक लगानी कोषको पुस ६ गते सम्पन्न साधारण सभाले २२.०६% बोनस र १.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 
 
 
 
 

Post Your Comment