Market Closed

नागरिक लगानी कोषका १५ कर्मचारीलाई ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’ तालिम

25 May,2018
  • cit_5_25_2018_11_42_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषले १५ जना कर्मचारीलाई प्रोफेसनल तालिम दिएको छ । केएफए प्रालिले ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’ सम्बन्धी १० दिने तालिम दिइइको कोषले जनाएको छ । कोषले यस्तो तालिमलाई निरन्तरता बताएको छ ।

कर्मचारीको क्षमता विकासका लागि यस्तो तालिम दिइएको नागरिक लगानी कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । 
 
तालिम प्रदायक कम्पनी केएफएका सिनियर बिजनेश एक्जुकेटिभ अशोक रायले कर्मचारीहरुले तालिम पछि सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गरे । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सहभागी कर्मचारीलाई प्रमाणपत्र प्रदान गरेका थिए । 
 

Post Your Comment