Market Closed

नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकको जिम्मेवारी सुशील कुमार अर्याललाई, पोखरेलको राजीनामा

30 Aug,2018
  • Shushil_Kumar_aryal_8_30_2018_5_46_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सुशील कुमार अर्याललाई दिइएको छ । रामकृष्ण पोखरेलले राजीनामा दिएपछि केही दिनदेखि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो । 
 
कोष सञ्चालक समितिको बुधबार बसेको बैठकले अर्याललाई कामु प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यस भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित रहेका छन । अर्यालले बाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानुनमा बीएल गरेका छन । 
 

Post Your Comment