Market Closed

नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष भट्टराईले गरे पद बहाली, खरेलले खुवाए सपथ

12 Oct,2018
  • cit_10_12_2018_11_25_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोषका सञ्चालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।  डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् ।
 
खोटाङ लामिडाडाँका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको काम गरेको अनुभव छ । यसबाहेक उनले नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।  
 

Post Your Comment