Market Closed

‘नागरिक लगानी कोषले मार्केट मेकरको काम गर्न थालेपछि सेयर बजार सन्तुलित हुन्छ’

18 Mar,2019
  • DSC_4245_3_18_2019_2_39_57.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले कोषले आफ्नो नीतिमा परिमार्जन गरेको जनाएका छन् । कोषको भवन शिलान्यास तथा २९ औं वार्षिकोत्सव कार्यक्रममा उनले उक्त नीतिले सेयर बजारमा अप्रत्यासित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम गर्ने बताएका छन् ।
 
अध्यक्ष डा भट्टराईले भने, ‘कोषको लगानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन तथा पुँजी बजारमा दरिलो उपस्थितिका लागि प्राथमिक एवं दोस्रो बजारबाट सेयर खरिद बिक्री गर्ने कार्य सञ्चालन गर्ने गरी कोषको लगानी नीतिमा आवश्यक परिमार्जन भएको छ । यसले सेयर बजारमा देखिने अप्रत्यासित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्नेछ ।’
 
कोषलाई मार्केट मेकरको भूमिका निर्वाह गर्न दिने तयारी भइरहेको छ । यसपछि सेयर बजार सुधारमा सहयोग पुग्ने अपेक्षा छ । 
 
साथै, उनले सरकारको उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पुर्याउन कोषले आपूmलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 
यता, कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले ११ वटा वचत कार्यक्रम सञ्चालन गरी पुँजी बजारमा सेवा पनि प्रदान गरिरहेको बताएका छन् । उनले कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेर १ खर्ब १३ अर्व ८४ करोड लगानी गरेको बताए ।

Post Your Comment