Market Closed

अर्थमन्त्री भन्छन् : मुद्रा बजारमा धेरै नखेल्नुस्, पुँजी बजारमै ठाउँ छ

18 Mar,2019
  • DSC_4310_3_18_2019_2_59_03.jpg
नेपाली पैसा
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा बजारमा नखेल्न नागरिक लगानी कोषलाई आग्रह गरेका छन् । कोषको भवन शिलान्यास तथा २९ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खतिवडाले ब्याजदर तलमाथि हुनेगरी मुद्रा बजारमा नखेल्न कोषलाई सचेत गराएका हुन् ।
 
उनले भने, ‘पुँजी बजारमा पर्याप्त लगानीको क्षेत्र छ । मुद्रा बजारमा धेरै नखेल्नुहोस् ।’ नागरिक लगानी कोष जस्ता ठूला र संस्थागत कम्पनीहरुले ब्याजदर घटबढमा भूमिका खेलेको प्रति संकेत गर्दै उनले मुद्रा बजारमा होइन, पुँजी बजारमा लगानी गर्न सुझाव दिएका हुन् । 

उनले सञ्चालनमा रहेको सबै समाजिक सुरक्षा सम्बन्धी कार्य गर्ने कोषलाई एउटै छानामुनि ल्याउनुपर्ने आवश्यक रहेको बताए । अर्थमन्त्री डा. खतिवडाले कोष स्थापना कालमा अनिवार्य बचतको अवधारण आफूले ल्याएको बताएका छन् । 
 
उनले भने, ‘स्थापना कालमा अनिवार्य बचतको अवधारण मैले नै ल्याएको हो । अब स्वेच्छाले गरेको बचतले मात्र नपुगने हुँदा अनिवार्य बचतमा जोड दिनुपर्छ ।’ कार्यक्रममा नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कोषलाई पूर्वाधार, कृषि जस्ता क्षेत्रमा लगानी विस्तार गर्न सुझाब दिएका छन् । 

Post Your Comment