Market Closed

नागरिक लगानी कोषको नाफा २१.५२% ले विस्तार हुँदा रिजर्भ कोष पनि उत्साहजनक

14 May,2019
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २३ करोड ७९ लाख रुपैयाँ मात्र रहेको खुद नाफा २१.५२% ले वृद्धि गरेको हो । यस्तै , कम्पनीको सेयर पुँजी ४८.८९% वृद्धि गरेको छ । गत वर्ष ७४ करोड ३ लाख रहेको सेयर पुँजी यस वर्ष बढेर १ अर्ब १० करोड २३ लाख पुगेको हो ।
 
नागरिक लगानी कोषको जगेडा कोष पनि ४०.८५% ले बढेर ५ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ६१ करोड २७ लाख जम्मा थियो । कोषले मुद्दति निक्षेपमा ७६ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा ६ अर्ब ८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । 
 
यस्तै,  नेपाल सरकारको ऋणपत्रमा ४० करोड रुपैयाँ र कर्जामा २१ अर्ब ६ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ । नागरिक लगनाी कोषको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ थियो ।
 

Post Your Comment