Market Closed

नागरिक लगानी कोषको सेयरमा ९ अर्ब लगानी, मुद्दति निक्षेपमा ७९ अर्ब

22 Nov,2019
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १४.५६% धेरै हो । गत वर्ष कोषले १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सेयर पुँजी पनि २२.०५% बढेर १ अर्ब १० करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सेयर पुँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको थियो । 
 
जगेडा कोष पनि २ अर्ब ५३ करोड रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ७८ अर्ब ६९ करोड २८ लाख रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा ९ अर्ब ८ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । 
 
नेपाल सरकारको ऋणपत्रमा ६० करोड रुपैयाँ लगानी छ । यसैगरी कर्जा लगानी १६ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ छ । नागरिक लगनाी कोषको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ छ । गत वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी ४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ थियो ।

 
 

Post Your Comment