Market Closed

नागरिक लगानी कोषको यस्तो छ प्रगति

30 Jun,2020
  • cit_3_30_2020_8_42_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १२.३४% धेरै हो । गत वर्ष कोषले ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सेयर पुँजी पनि २२% बढेर १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सेयर पुँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो ।

जगेडा कोष पनि ५ अर्ब ८ करोड रुपैयाँबाट बढेर ७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १० अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा ६० करोड रुपैयाँ लगानी छ ।

यसैगरी कर्जा लगानी १७ अर्ब ८५ करोड रुपैयाँ छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३५ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँ कायम भएको छ । 
 
 

Post Your Comment