Market Closed

आइएलएफसीओको ५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

16 Feb,2017
  • ILFCO-Microfinance-bittiya-sanstha-Ltd_2_16_2017_12_31_55.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएलएफसीओ माइक्रोफाइनान्सको ५% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । कम्पनीको साधारण सभा फागुन २२ गते हुदैछ । साधारण सभा गर्न फागुन ७ देखि २२ गतेसम्म आइएलएफसीओले सेयरधनी दर्ता किताब बन्द गर्दैछ । शुक्रबार सेयर कारोबार नहुने भएकाले ५% बोनस सेयर पाउनका लागि लगानीकर्ताले बिहीबार नै सेयर खरिद गर्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुन पाइहाल्छन् ।
 
 बोनस प्रस्तावलाई आउने साधारण सभाले पारित गर्नेछ । कम्पनीले कर प्रयोजनका लागि ०.२६% नगद लाभांस पनि दिनेछ । आइएलएफसीओले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ लाख ७० हजार खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड छ तर रिजर्भ कोषमा भने ७१ लाख २८ हजार रुपैयाँ मात्र छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा छ । 
 
 

Post Your Comment