Market Closed

सिभिल लघुवित्तलाई १००% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

27 Feb,2020
  • Right-Share_new_2_27_2020_2_21_58.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र वोर्डबाट अनुमति पाएको छ । कम्पनीको १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यस हकप्रद सेयरलाई केयर रेटिङ नेपालले औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
 
यस हकप्रदमा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटललाई तोकिएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment