Market Closed

सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय, कहिलेसम्म सुरक्षित गर्ने लाभांश ?

23 Sep,2020
  • mutual_fund_6_18_2019_11_03_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ र २ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । दुवै फन्डले असोज १५ गते बुक क्लोज गर्दैछन् । यसर्थ, असोज १४ गतेसम्म कायम इकाईधनीले लाभांश सुरक्षित गर्नेछन् । सिटिजन्स म्युचुअल फन्ड १ ले १५% नगद लाभांश (करसहित) वितरण गर्नेछ । यस फन्डले १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । यो म्युचुअल फन्डहरुले हालसम्म घोषणा गरेको मध्ये सबैभन्दा धेरै लाभांश हो । 
 
यसैगरी, सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १०% लाभांश वितरण गर्नेछ । यसले ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । दुवैले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् । योजना व्यवस्थापक सीबीआइएल क्यापिटल लिमिटेडको भदौ २९ बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई उक्त लाभांश घोषणा गरेको हो ।
 
 
 
 

Post Your Comment