Market Closed

सिटिजन्स म्युचुअल फन्डको प्रतिइकाई खुद मूल्यमा ४१ पैसा सुधार, सेयर लगानी कति ?

29 Jan,2019
  • mutual-funds_6_28_2018_7_12_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ को पुस महिनाको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ६१ पैसा कायम भएको छ । मंसिरमा १० रुपैयाँ २० पैसा रहेको प्रतिइकाई खुद मूल्य पुसमा ४१ पैसाले बढेको हो । यस फन्डले कुल ५४ करोड ९० लाख ८२ हजार ५४३ रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ५९८ कित्ता सूचीकृत सेयरमा लगानी गरको छ । अघिल्लो महिना सेयर लगानी ५० करोड ४२ लाख ९२ हजार ९१९ रुपैयाँ मात्र थियो ।
 
सिटिजन्सले सबैभन्दा धेरै वाणिज्य बैंक समूहको सेयरमा २४ करोड १७ लाख ५१ हजार ३३० रुपैयाँ लगानी गरेको छ । फन्डले विभिन्न वाणिज्य बैंकहरुको ७ लाख ९४ हजार १५३ कित्ता सेयर होल्ड गरेको छ ।यस्तै, अन्य म्युचुअल फन्डहरुको २२ लाख २४ हजार ८८५ इकाईमा पनि लगानी रहेको छ । यो म्युचुअल फन्डको व्यवस्थापक सीबीआइएल क्यापिटल र कोष प्रवद्र्धक सिटिजन्स बैंक हो ।

सिटिजन्स म्युचुअल फन्डको पुस महिनाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment