Market Closed

सिटिजन्स लाइफले आइपीओ जारी गर्ने, असोज २९ मा एजीएम

20 Sep,2019
  • 4_9_20_2019_10_07_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स लाइफ इन्सुरेन्सले असोज २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।
 
यता, सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सिटिजन्स लाइफको एजीएम सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् ।

Post Your Comment