Market Closed

सिटिजन्सले एक्वायर गर्ने भएपछि सहयोगीको सेयर कारोबार रोकियो

08 Jul,2019
  • aquire-new-cust_7_8_2019_10_48_45.png
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने भएको छ । सिटिजन्सले एक्वायर गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् । सहयोगीले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । 
 
प्रारम्भिक सहमति अनुसार सिटिन्जसको एक सय कित्ता सेयर बराबर सहयोगीलाई ९० कित्ता सेयर दिने गरी स्वाप रेसियो मिलाइनेछ । यद्दपि, डीडीए रिपोर्टपछि यसले अन्तिम रुप लिनेछ । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यता, सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ। 

 
 

Post Your Comment