सिटिजन्स बैंकले असोज ९ गते बोलायो साधारण सभा, १६% बोनस र ०.८५% नगद प्रस्ताव

05 Sep,2017
  • Citizen-bank-international-LTD_9_5_2017_10_05_40.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंकले १६% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश पारित गर्न असोज ९ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि पेस गर्ने भएको छ । यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत अन्य विशेष प्रस्ताव पनि लगिने भएको छ । साधारण सभा गर्न सिटिजन्सले भदौ १२ देखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ । यसआधारमा, साधारण सभामा भोट दिन र बैंकले दिने लाभांश पाउन भदौ ११ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । सभा अमृतभोग कालीकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ । हाल सिटिजन्सको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि बैंकको चुक्ता पुँजी पनि ८ अर्ब २ कारोड ९१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ ।

Post Your Comment