Market Closed

सिटिजन्स बैंकको १६% बोनस राष्ट्र बैंकले गर्यो अनुमोदन, अब साधारण सभाबाट पास हुन बाँकी

07 Sep,2017
  • Citizen-bank-international_9_7_2017_6_03_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंक सञ्चालक समितिले निर्णय गरेको १६% बोनस र ०.८५% (कर तिर्न) नगद लाभांश राष्ट्र बैंकले अनुमोदन गरेको छ । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब बैंकको असोज ९ मा हुने एघारौ वार्षिक साधारण सभाले पनि यो प्रस्तावलाई अनुमोदन गर्नुपर्नेछ । बैंकहरुले दिने बोनस सेयर र नगद लाभांस राष्ट्र बैंक र सम्बन्धित बैंकको साधारण सभाबाट स्वीकृत गराउनुपर्ने हुन्छ । त्यसपछिमात्र लगानीकर्ताले लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिटिजन्सले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ । 
 

Post Your Comment