Market Closed

सिटिजन्स बैंक ४ लाख ६३ हजार कित्ता एफपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड

15 Apr,2018
  • Citizen-bank-internatio__4_15_2018_11_50_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । एफपीओको प्रस्तावित भाउ भने खुलाइएको छैन । धितोपत्र बोर्डले आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाउनेछ ।

प्रतिकित्ता कति रुपैयाँसम्ममा ल्याउन दिने भन्ने निर्णय पनि बोर्डले नै गर्नेछ । बैंकले प्रस्ताव गरेको भाउलाई अध्ययन गरेर बोर्डले अन्तिम निर्देशन जारी गर्नेछ । एफपीओ बिक्री गर्न सिटिजन्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । हाल यस बैंकमा संस्थापक तर्फ ५१.२९ % तथा साधारण सेयर तर्फ ४८.७१% सेयर स्वामित्व अनुपात छ । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ पुर्याइसकेको छ । 

Post Your Comment