सिटिजन्सको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका असोज १० मा एजीएम

16 Sep,2019
  • book_close_9_16_2019_11_43_22.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंकको १५% लाभांश सुरक्षित गर्ने सोमबार (भदौ ३० गते) अन्तिम दिन हो । बैंकले असोज १० गते हुने सभा प्रयोजनका लागि मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ । सोमबारसम्म कायम सेयरधनीले मात्र १५% लाभांश सुरक्षित गर्नेछन् । सिटिजन्सले गत वर्षको नाफाबाट १२% नगद र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । 
 
उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ । साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे हुनेछ । 
 

Post Your Comment