Market Closed

सिटिजन्स बैंकको बोनस सेयरमा भयो मूल्य समायोजन

17 Sep,2019
  • download_9_17_2019_11_09_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंकको ३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता २१०.६८ रुपैयाँलाई आधार मानेर खुलेको छ । बैंकले असोज १० गते हुने साधारण सभा प्रयोजनका लागि मंगलबार (भदौ ३१ गते) बुक क्लोज गरेको हो । सोमबारसम्म कायम सेयरधनीले मात्र १५% लाभांश सुरक्षित गर्नेछन् ।

सिटिजन्सले गत वर्षको नाफाबाट १२% नगद र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको छ ।सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभामा २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोकिनेछ । 
 
उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ । साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे हुनेछ ।
 

Post Your Comment