Market Closed

सिटिजन्स बैंकको एजीएम आज, १५% लाभांश मुख्य प्रस्ताव

27 Sep,2019
  • citizens_9_27_2019_8_09_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैकको साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा शुक्रबार  बिहान ९ बजेबाट सभा सुरु हुँदैछ । सभामा बैंकले १५% लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १२% नगद लाभांश र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको हो ।

साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु हुनेछ । बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ । सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ । भदौ ३० गते सम्म कायम सेयरधनी प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 
 

Post Your Comment