Market Closed

सिटिजन्स बैंकको लाभांश पारित, सञ्चालक समिति अध्यक्षमा राजनसिंह भण्डारी चयन

27 Sep,2019
  • czbl_bank_9_27_2019_4_16_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैकको १५% लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको १२% नगद लाभांश र ३% बोनस सेयर गरी कुल १५% लाभांश पारित गरेको हो । सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा  भएको थियो ।  साधारणसभाले संस्थापक समूहबाट राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई सञ्चालक समिति सदस्यमा  निर्विरोध चयन गरेको छ । यसैगरी, सर्वसाधारण सेयरधनीबाट सीता कार्की (के.सी.) निर्विरोध निर्वाचित भएकी छन् ।

साधारणसभा पछि शुक्रबार नै बसेको सञ्चालक समिति बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षमा चयन गरेको सिटिजन्स बैंकले जानकारी गराएको छ । नवनियुक्त भण्डारी यसअघि सिटिजन्सकै सीइओ थिए । स्थापनाकालदेखि सीइओ रहेका उनले ८ महिना अघिमात्र पद छाडेका थिए । अब पुनः उनी बैंक फर्किएका छन् । 
 
अनुमोदन भइसकेकाले अब बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीलाई वितरण गर्नेछ ।  सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते बुक क्लोज गरेको थियो । भदौ ३० गते सम्म कायम सेयरधनीले यो लाभांश पाउँदैछन् । 
 
 

Post Your Comment