Market Closed

कुमारी बन्न लागेको देवःको यस्तो छ प्रगति

14 Feb,2020
  • Deva-bikas-bank-Ltd__7__7_11_2018_11_11_06.jpg
नेपाली पैसा
 
काठमाडौं : कुमारीमा विलय हुन लागेको देवः विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार देवःको खुद नाफा ३.५०% ले घटेर १८ करोड ७७ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस बैंकले १९ करोड ४५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको छ ।  खुद ब्याज आम्दानी २१.५९% ले बढेको छ भने सञ्चालन नाफा ५.७२% ले घटेको छ । प्रतिसेयर आम्दानी ४३ पैसाले घटेर ११ रुपैयाँ ८२ पैसमा आएको छ । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३१.०३% र ३५.४१% ले बढेको छ । 
 

Post Your Comment