Market Closed

रोक्का रहेको देवःको यसरी हुन गयो सेयर कारोबार

06 Jul,2020
  • Deva-bikas-bank-Ltd__7__7_11_2018_11_11_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : कुमारी बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको देवः विकास बैंकको सोमबार सेयर कारोबार भएको छ । अज्ञानतावश कारोबार भएकाले त्यसलाई रद्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेपाली पैसालाई जानकारी दिए । गल्तीवश कारोबार भएको हो, सबै कारोबार रद्द गरिएको छ, उनले भने । देवः विकास बैंकले यसअघि वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो।

देवः र वेष्टर्न डेभलपमेन्ट बैंकबीच तथा एक्वीजिसन प्रक्रिया पूरा भएको पत्र राष्ट्र बैंकले नेप्सेलाई पठाएको थियो। यस आधारमा नेप्से झुक्किएको हो । देवः फेरि कुमारीसँग एक्विजिसन प्रक्रियामा गएको र उसको सेयर कारोबार रोक्का रहेको भन्ने तथ्य बिर्सिदा कारोबार हुन गएको हो । त्यसो त देवः कुमारीसँग विलय भएर यही असार २८ गतेबाट एकीकृत कारोबार हुँदैछ । यसको ३३९ कित्ता कारोबार भएको हो । 
 
 

Post Your Comment