Market Closed

दिव्यश्वरीले बिजुली बेचेर ८३% ले आम्दानी बढाए पनि सुध्रिएन वित्तीय अवस्था

22 Aug,2019
  • profitloss2_8_22_2019_12_55_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर गत आर्थिक वर्षको अन्त्य सम्ममा पनि नोक्सानमै रहेको छ । असार मसान्तसम्म कम्पनीले ३ करोड ३३ लाख ६१ हजार नोक्सान व्यहोरेको हो । अघिल्लो वर्ष पनि कम्पनी ६ करोड ५७ लाख ८५ हजार रुपैयाँ नोक्सानमा थियो । यसआधारमा कम्पनीले नोक्सान अनुपात भने घटाएको छ ।

कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी भने ८३% ले बढाएर ८ करोड ६४ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष दिव्यश्वरीले ४ करोड ७२ लाख १९ हजार रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको थियो । असार मसान्त सम्ममा यस हाइड्रोपावरको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ ।

कम्पनीको रिजर्भ कोष पनि १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । दिव्यश्वरी हाइड्रोपावरको प्रतिसेयर आम्दानी (वार्षिक ५० रुपैयाँ ५५ पैसा नोक्सान) रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ५० रुपैयाँ १६ पैसा मात्र छ । यो तथ्यांकले कम्पनीको नाजुक अवस्था देखाउँछ । 

दिव्यश्वरीको वित्तीय विवरण हेर्नुहोस् । 
 

Post Your Comment